एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्छः सभापति देउवा

राष्ट्रपाटी न्युज

मंसिर १५, २०८०

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्धको जन्मस्थल लुम्बिनीबाटै पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् ।

पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै देउवाले राष्ट्रिय एकताका साथ एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।

पूर्व वक्ताहरुले आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि उनले लुम्बिनैबाटै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताएका हुन्। पार्टी केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीप्रति लक्षित गर्दै छोटो भनाईमा देउवाले भने,‘मिठा कुरा गरेजस्तो काम गर्न सजिलो छैन।’ देउवाले आफू कम बोल्ने र काम धेरै गर्ने मान्छे भएको समेत प्रतिक्रिया दिए । भण्डारीले नेतृत्वमा बस्नेहरूकै कारण देश बर्बादीतिर गएको आरोप लगाएका थिए।

पाँच पटकसम्म प्रधानमन्त्री र पटक-पटक पार्टी सभापति भएका देउवालाई पार्टीका नेताहरूले कांग्रेसमा भएको गुटगत राजनीतिले पार्टी कमजोर बन्दै गएको बताएका थिए।

महामन्त्री गगनकुमार थापाले पनि हालका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले आइन्दा प्रधानमन्त्री हुँदिनँ भनेर घोषणा गर्न आवश्यक रहेको बताएका थिए ।


Published :मंसिर १५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media