सेयर बजारमा दोहोरो अंकको गिरावट

राष्ट्रपाटी न्युज

१९ मंसिर २०८०

काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १०.१० अंकले ओरालो लागेको सेयर बजार १८३७.७१ विन्दुमा आएर बन्द भएको छ ।

आज २९२ कम्पनीका ३८ हजार ५८४ पटक भएको कारोबारमा ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँको कारोबार भएको छ ।

आज ६२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १६१ कम्पनीको ओरालो लागेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।


Published :१९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media