पूर्वगृहमन्त्री खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

राष्ट्रपाटी न्युज

२८ मंसिर २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा  रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

मंसिर १५ गतेको सुनुवाइमा पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरह नै देखिएको भन्दै धरौटीमा छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पुगेको हो ।


Published :२८ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media