२५ जना सीडीओको सरूवा

राष्ट्रपाटी न्युज

२९ मंसिर २०८०

काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरूवा गरेको छ।

पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन्। एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन्।

मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो।

यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।


Published :२९ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media