यस्तो छ तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

मंसिर ३०, २०८०

काठमाडौँ । आज वि.सं २०८० पौष १ गते आइतबार, ई.सं. २०२३ डिसेम्बर १७, तिथि- मार्ग शुक्लपक्ष पञ्चमी, श्रवण- नक्षत्र, ८ः०७ बजेपछि धनिष्ठा, व्याघात- योग, वव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः४९, सूर्यास्त १७ः१० ।

मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

कर्कट : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

सिंह : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कन्या : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

तुला : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजश मिल्नेछ ।

मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।


Published :मंसिर ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media