नेप्से परिसूचकमा फेरि गिरावट, कारोबार रकम पनि घट्यो

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८३

काठमाडौं । सेयर बजार एकल अंकले घटेर बन्द भएको छ। सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक २७ अंकले बढेकोमा यसदिन ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ। आज ४ अर्ब ८५ करोड बराबरको कारोबार भएको छ।

यसदिन ३४२ वटा स्क्रिप्सको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँमा खरिदबिक्री भए। सोमबार करिब ६ अर्ब बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये ६९ वटा स्टक्सको मूल्य बढ्दा १९० वटाको घट्यो। बाँकी ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक ९.२४ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ४६ करोड मूल्य बराबरको कारोबार गर्‍यो।
रिडी पावरले १६ करोड बराबरको कारोबार गर्दा साहस उर्जाको १४ करोड,नगदी ग्रुपको १३ करोड र अपी पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।


Published :जेष्ठ १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media