जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

स्थानीय समयअनुसार बेलुका ४ : १० मा भूकम्प गएको हो। जापानको मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले सो क्षेत्रका निगता, इशिकावा, तोयामा, यामागाता, फकुइ र हेगोलगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रोविन शेरचनले भूकम्प गएको क्षेत्रमा ठूलो संख्यामा नेपाली रहेको बताए। उनले नेपालीहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। केही समस्या भएमा एनआरएनएका पदाधिकारीलाई सम्पर्क गर्न उनले अनुरोध गरेका छन्।

प्रभावित क्षेत्रबाट अहिलेसम्म क्षत्तिको विवरणहरु आइसकेकाे छैनन्।


Published :पुस १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media