
बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा प्रविधि मैत्री सि.सि.टि.भी. सञ्चालनमा आएको छ ।
आम नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाउने उद्देश्यका साथ नगरपालिकाको मुख्य चोक/सडक, भिडभाड हुने स्थान, साँस्कृतिक सम्पदा लगायत अपराध जोखिम क्षेत्रहरुमा सिसिटिभी जडान भई सञ्चालना आएको हो ।
सिसिटिभी जडान गर्नका लागी बुढानीलकण्ठ नगरपालिका र उपत्यका प्रहरी कार्यालय, रानीपोखरी बिच ५ करोड रुपैयाँको लागतमा २०८० बैशाख १२ गते समझदारी पत्रमा हस्ताक्षर भए अनुसार हाल जडान कार्य सम्पन्न भएसँगै २०८० माघ २१ गते (आज) उपत्यका प्रहरी कार्यालय, रानिपोखरीमा आयोजित एक समारोह बिच नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा र प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले संयुक्त रुपमा सिसि टि.भी. कन्ट्रोलरुमको उद्घाटन गरेका छन् ।
बूढानीलकण्ठ नगरपालिकाका सबै वडा समेटिने गरी वडा नं ०५ बिष्णुमती पुल देखी वडा नं १० स्थित निलोपुल सम्मको सडक रुटहरुका ७९ स्थानमा ७ PTZ सहित १७४ FIX क्यामरा गरी जम्मा १८१ थान सिसिटिभि क्यामराहरु जडान गरिएका छन् । ९० दिन सम्मको भिडियो हेर्न मिल्ने व्याकअप प्रणाली सहित यसको सम्पुर्ण कन्ट्रोल र नियन्त्रण उपत्यका प्रहरी कार्यालय काठमाडौंले गर्ने व्यवस्था रहेको छ ।
जडान भएका क्यामरा मध्य AI (Artificial Intelligence) मा आधारीत हाल ४० वटा क्यामराले निगरानी गर्ने नगर प्रवक्ता एवं सिसिटिभी जडान कार्यक्रम कार्यनवयन समितिका संयोजक नवराज भट्टराईले जानकारी दिएका छन् । यस AI क्यामराले व्यक्तिको अनुहार, गाडि नम्बर, पार्कीङ अवस्था, सामुहिक हुल एवं अपराधिक गतिविधिलाई Live Track गरी चाडो भन्दा चाडो प्रहरीलाई सुचना दिने गर्दछ ।
आज भएको उद्घाटन समारोहमा नगरप्रमुख मिठाराम अधिकारि , उपप्रमुख अनिता लामा, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, नगर प्रवक्ता एवं सिसि टिभि जडान कार्यनवयन समिति संयोजक नवराज भट्टराई, सम्पुर्ण वडाका वडा अध्यक्ष लगायत काठमाडौ उपत्यका प्रहरी कार्यलयका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

