गणेश माविमा बिधालय ब्यवस्थापन समिती गठन प्रक्रिया सहि छ – वडाध्यक्ष श्रेष्ठ

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले वडाका चारजना सदस्यले नगरपालिकामा छानबिन तथा कारबाहीको माग गर्दै निवेदन दिएको प्रति आपत्ति व्यक्त गरेका छन्। आफूले गणेश माविमा बिधालय ब्यवस्थापन समिती गठनको बिषय प्रक्रिया पुरा गरेर निर्णय गरेको दावी गर्दै उनले सम्पूर्ण निर्णय प्रक्रिया र माइन्युट सहित प्रशासनमा जान समेत तयार रहेको बताएका छन्। राष्ट्रपाटिसंग कुरा गर्दै उनले नगरपालिकामा उजुरी परेको थाहा भएको र आफू छानबिनको लागि तयार रहेको समेत बताएका छन्।

यस अघि बूढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको गणेश माविमा बिधालय ब्यवस्थापन समिती गठन प्रति चार जना वडा सदस्यहरुले असहमति जनाउदै माघ १९ गते नगर प्रमुख मिठाराम अधिकारीलाई निवेदन बुझाएका थिए।

निवेदन बुझाउने वडा सदस्यहरु बिनोद लामिछाने , राजकाजी श्रेष्ठ ,पार्वती श्रेष्ठ र सीता सुनारले वडा समितीको २०८० जेठ २२ गतेको निर्णय त्रुटीपूर्ण रहेको र किर्ते गरिएको दावी समेत गरेका छन्।

सो दिन भएको विध्यालय ब्यवस्थापन गठन सम्बन्धी निर्णयमा आफुहरुको सहमती र समर्थन नरहेको र त्यसमा हस्ताक्षर समेत नगरेको भन्दै उनीहरूले छानबीनको माग समेत गरेका छन् ।

वडाध्यक्ष श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित हुन् भने बाँकी चार सदस्य भने नेपाली कांग्रेसबाट निर्वाचित हुन्।


Published :माघ २१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media