रोकिएको एमाले धादिङ अधिवेशन १ फागुनबाट हुने

काठमाडौं । प्रतिनिधि विवादका कारण प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचनामार्फत जनाएका छन्।

गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो। विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट बोलाएर छलफल गरेका थिए। छलफलपछि प्रतिनिधि छनोटमाथि केन्द्रीय संगठन विभागले अनुसन्धान गरेर बन्द सत्र सुरु गर्ने सहमति जुटेको थियो।

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्।


Published :माघ २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media