
बूढानिलकण्ठ। नेसनल प्याब्सन बूढानिलकण्ठका प्रतिनिधिहरुले रास्ट्रपति संग भेटवार्ता गरेका छन् । उक्त भेटमा शैक्षिक क्षेत्रका विभिन्न समस्याहरुबारे रास्ट्रपति संग छलफल गरिनुका साथै हाल संसदीय समितिमा बहस चली रहेको शिक्षा विधेयकबारे समेत छलफल भएको नेसनल प्याब्सन बूढानिलकण्ठका सदस्य बिजय न्यौपानेले बताएका छन् ।
नेसनल प्याब्सन बूढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाको नेतृत्वमा रास्ट्रपतिसंग भेट गर्न गएका प्रतिनिधि मण्डलमा नेसनल प्याब्सन बूढानिलकण्ठका सचिव सुदिप काफ्ले, कोषाध्यक्ष ईश्वर केसी, सह-सचिव सुस्मिता मैनाली, सह-कोषाध्यक्ष गोबिन्द धामी र सदस्य विजय न्यौपाने रहेको थिए ।