रौतहटमा एमाले परित्याग गरी दर्जन बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन २, २०८०

रौतहट । रौतहटमा एक दर्जनभन्दा बढी नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्थानीय राजापुर नगरपालिकास्थित बुधबार एक कार्यक्रमका बीच एमालेका क्रियाशील सदस्यहरू रवीन्द्र पासवान, प्रभु महतो ,उपेन्द्र महतो, लगायत महिला पुरुष गरी एक दर्जनभन्दा बढी मानिसहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ का कांग्रेसका संघीय सांसद प्रत्यासी  डाक्टर फिर्दौश आलमले नवप्रवेशीलाई टिका र माला लगाएर स्वागत गरेका थिए।

राजपुर नगरपालिकाका मेयर राजीक आलमको सक्रियता तथा विकास प्रतिको लगाव देखेर राजपुर ५ का बासिन्दाहरू नेकपा एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको स्थानीय राजन साहले बताए । उक्त अवसरमा सांसद प्रत्याशी डाक्टर फिर्दौश आलम , मेयर राजिक आलम लगायतको उपस्थिति रहेको थियो । डाक्टर फर्दौश, मेयर राजिक दाजुभाइ पूर्व मन्त्री माेहम्मद अफताव आलमका छोरा हुन्।

हत्या अभियाेगमा अफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि उनको स्थानमा उनको छोरा डाक्टर आलम नेपाली कांग्रेसको टिकटबाट क्षेत्र २ मा गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागी चुनाव लडेका थिए। उक्त क्षेत्रमा तत्काल पूर्व मन्त्री प्रभु साहको साथ रहेका किरण साह स्वतन्त्र रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

त्यसैगरी आलमको कान्छो छोरा राजिक आलम नेपाली कांग्रेस पार्टीकै टिकटबाट गत स्थानिय निर्वाचनमा मेयर पदमा विजयी भएका थिए। उनी मेयर भएदेखि नै शिक्षा, स्वास्थ र भौतिक पूर्वाधार निर्माणको काममा विशेष चासो देखाएका छन्।


Published :फाल्गुन २, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media