एमाले कैलालीको अध्यक्षमा ढुंगाना निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन १२, २०८०

कैलाली । वर्तमान कार्यसमितिका दुई जना पदाधीकारीलाई पाखा लगाउँदै यज्ञराज ढुँगाना नेकपा एमाले कैलालीको अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएका हुन् ।

पदाधीकारीको अन्तिम मत परिणाम अनुसार ढुंगानाले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे। अध्यक्षका उमेदवार तीनै जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए। तर प्यानलमा भने मिश्रीत परिणाम आएको छ ।

उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए। उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।


Published :फाल्गुन १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media