सुर्खेतमा जीप दुर्घटना, चारजनाको मृत्यु

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८१

सुर्खेत । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको थियो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

जीप सडकदेखि करिब एकसय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ५ यात्रु सवार रहेको बताइएको छ ।


Published :जेष्ठ १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media