बस दुर्घटना हुँदा तीनजनाको मृत्यु, २५ घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिकामाको रायमाझी चोकमा रात्री बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आज बिहान ६ बजे भैरहवाबाट जनकपुर जाँदै गरेको बस रोकिराखेको भारतीय नम्बर प्लेटको सामान बोक्ने ट्रकमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

ज्यान गुमाउनेमा रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवट रहेका छन्।

दुर्घटनामा अन्य २५ जना घाइते भएका छन्। घाइतेको वीरगंज र जनकपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


Published :असार ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media