एकै घरका चारजनालाई बाढीले बगाउँदा एकको मृत्‍यु, दुई बेपत्ता

राष्ट्रपाटी न्युज

असार ११, २०८१

काठमाडौं । मोरङ र सुनसरीको सिमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ ।

बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैँचा नगरपालिका–५ का एकै परिवारका चारजना बगेका हुन् । त्यसमध्ये एक जनाको मृत्युभएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए । बढीले बगाउँदा सोही परिवारका दुईजना अझै बेपत्ता छन् ।

बेपत्ता भएका ६० वर्षीया असरादेवी चौधरी र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरीको खोजी भइरहेको छ ।

माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी भने सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।


Published :असार ११, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media