
काठमाडौं। नेशनल आइडिएल बोर्डिङ्ग स्कुल ( निब्स ) ले यस बर्षको SEE परिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मन्डिखाटारमा रहेको यस विधालयका १० जना बिधार्थीको A +, १५ जनाको A र दुइ जनाको B + नतिजा प्राप्त भएको विधालयका प्रिन्सिपल डी एन महत्तोले जानकारी दिएका छन्। बिगतका बर्षहरु जस्तै यो बर्ष पनि बिधालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाइ छ।
प्रिन्सिपल महत्तोले निब्स कलेजमा कक्षा ११ मा भर्ना खुलिसकेको भन्दै बिधार्थिहरुलाई निब्स कलेजमा भर्ना हुन अनुरोध समेत गरेका छन्।
