गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

राष्ट्रपाटी न्युज

असार १५, २०८१

काठमाडौं । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।


Published :असार १५, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media