प्रधानमन्त्री दाहालले मेसिनबाट रोपे धान

राष्ट्रपाटी न्युज

असार १४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा  मेसिनबाट धान रोपेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेका हुन् ।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।


Published :असार १४, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media