एमालेसँगको कुराकानी सकारात्मकः देउवा

राष्ट्रपाटी न्युज

असार १७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको बताएका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् ।

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै सकरात्मक कुराकानी भइरहेको बताएको बैठकमा सहभागी एक पदाधिकारीले न्युज कारखानालाई बताए ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।


Published :असार १७, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media