नेपाली कांग्रेस बुढानिलकण्ठको बृहत रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

असार १९, २०८१

बूढानिलकण्ठ। नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिले स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अबसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। यहि असार १८ गते मंगलबार बुढानिलकण्ठ-८ स्थित अल्फा मार्ट सुन्दरबस्तिमा आयोजित कार्यक्रममा ५२ जनाले रक्तदान गरेको नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कार्यसमितिका सभापति राजाराम बुढाथोकीले जानकारी दिएका छन्।

नेपाली कांग्रेस बुढानिलकण्ठ – ८ वडा कार्यसमितिको सह आयोजनामा आयोजित उक्त रक्तदान कार्यक्रमबाट प्राप्त रगत समाजसेवा र स्वास्थ्य क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण हुने आयोजकको भनाइ छ।


Published :असार १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media