
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको दिक्षालय नेपाल फाउन्डेसन SEE परिक्षाको नतिजाको आधारमा बुढानिलकण्ठ नगरपालिकाकै प्रथम र काठमाडौं जिल्लाकै तृतीय स्थान प्राप्त गरि उत्कृष्ट बिधालय बन्न सफल भएको छ।
काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको काठमाडौं जिल्लाको SEE परिक्षाको औसत जिपिएको नतिजाको आधारमा दिक्षालय नेपाल फाउन्डेसन उत्कृष्ट बन्न सफल भएको हो ।
काठमाडौं जिल्ला शिक्षा समन्वय समितिले प्रकाशन गरेको सुचना अनुसार दिक्षालय नेपाल फाउन्डेसनले ३.८३ औसत जिपिए प्राप्त गर्न सफल भएको छ। त्यसै गरि रिलायन्स इन्टरनेसनल एकेडेमीले ३.७६ ,नेसनल ब्लुमिंग फ्लावर एकेडेमीले ३.७२, फेरील्याण्ड इन्टरनेसनल एकेडेमीले ३.७१, काठमाडौं विद्यालयले ३.७१, बुढानिलकण्ठ स्कुलले ३.६९ र जोसेफ माविले ३.६८ औसत जिपिए प्राप्त गरेका छन्।