गायक अनिलको स्वरमा “उधारो चुम्बन” बोलको गीत सार्वजनिक(भिडियो)

Video Not Available right now

काठमाण्डौ । गायक अनिल राज पाण्डेको स्वरमा “उधारो चुम्बन” बोलको गीत सार्वजनिक भएको छ । सुमधुर स्वरका धनी उनले आफ्नो गीतलाई बुधबार सार्वजनिक गरेका हुन् ।

केही घण्टा अगाडि सार्वजनिक भएको उक्त गीतलाई दर्शकले एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन् । दिवाकर खनालको शब्दमा बनेको गीतलाई शशी बिक्रम थापाले म्युजिक एरेन्ज गरेका छन् भने संगीत महेश्वर राज भण्डारीको रहेको छ ।

गीतको भोकल मिक्सिङ शशांक सापकोटाले गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको म्युजिक भिडिओमा गायक स्वयं अनिल राज पाण्डेसहित मोडल गीता ढुंगानाको अभिनय रहेको छ ।

म्युजिक भिडिओलाई उत्तम हुमागाईंले खिचेका हुन् भने विकास धमलाले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो

 


Published :२७ असार २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media