काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा, बुढानीलकण्ठ नगर युवा परिषदद्बारा साउन २८ गते “युवा संवाद र उत्प्रेरणा” शिर्षकमा प्यानल छलफल कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बराल, पुर्व मिस नेपाल अस्मी श्रेष्ठ, लेखक सुबिन भट्टराई प्यानेलिस्टको रुपमा रहेका थिए भने मोडेरेटरको भूमिकामा राष्ट्रपाटि डट कमका प्रधान सम्पादक सन्तोष लुइटेल रहेका थिए।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एबम नगर युवा परिषदका अध्यक्ष मिठाराम अधिकारीको अध्यक्षतामा संचालित औपचारिक समारोहको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले व्यानर पढेर गरेकी थिइन्। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, नगर युवा परिषद उपाध्यक्ष रूपेश भट्टराई, बिभिन्न वडाका वडाध्यक्षहरु,अन्य जनप्रतिनिधिहरु , प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायत कर्मचारीहरु, नगर युवा परिषद तथा वडा युवा परिषदका पदाधिकारीहरु लगायत सयौंका संख्यामा युवाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा युवा परिषद उपाध्यक्ष रूपेश भट्टराईले आफ्नो मन्तव्य राख्दै सबैलाई स्वागत गरेका थिए भने बुढानीलकण्ठ नगरपालिकाका प्रमुख एबम नगर युवा परिषदका अध्यक्ष मिठाराम अधिकारी तथा उपप्रमुख अनिता लामाले आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बराल, पुर्व मिस नेपाल अस्मी श्रेष्ठ, लेखक सुबिन भट्टराईले प्यानेलिस्टको रुपमा युवा संवाद र उत्प्रेरणा बिषय संग जोडिएर आफ्नो महत्वपूर्ण बिचारहरु राखेका थिए। नेकपा एमाले संसदीय दलका सचेतक सुनिता बरालले राजनीतिमा युवाको पहुँच ,पुर्व मिस नेपाल अस्मी श्रेष्ठले व्याक्तित्व बिकास तथा लेखक सुबिन भट्टराईले पठन संस्कृति र सिर्जनात्मकताको विषयमा आफ्नो बिचारहरु राखेका थिए।