बागमती प्रदेश सरकारका मन्त्री अमन मास्केद्वारा बुढानीलकण्ठ क्षेत्रको भ्रमण

काठमाडौं । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले बुढानीलकण्ठ नगरपालिका भित्रका विभिन्न धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थलहरूकाे भ्रमण गरेका छन्। बुढानीलकण्ठ क्षेत्र विकास समितिकाे निमन्त्रणामा उक्त क्षेत्रको भ्रमणमा आएका उनले बुढानीलकण्ठ मन्दिर, बुढानीलकण्ठ वडा नं २ स्थित रुद्रेश्वर महादेब र बुढानिलकण्ठ १३ मा रहेकाे भद्रकाली मन्दिरको समेत पुजा एबम दर्शन गरेका थिए।

उक्त भ्रमण कार्यक्रममा मन्त्री मास्केका अतिरिक्त मन्त्री धर्म पत्नी, वागमति प्रदेश सदस्य जयराम थापा, नव नियुक्त न्यायधीश शारदा पाैडेल, बुढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा,प्रमुख प्रशाासकिय अधिकृत तुल्सीराम अर्याल, पुर्व प्रमुख प्रशाासकिय अधिकृत भुवनेश्वर लामिछाने, नेकपा एमाले बुढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगाेल तथा अन्य पदाधिकारीहरु ,बुढानीलकण्ठ नगरपालिकाका बर्तमान तथा पुर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

उक्त भ्रमणको छलफल कार्यक्रममा बुढानिलकण्ठ क्षेत्र विकास समिति अध्यक्ष बिदुर बिक्रम खड्काले पछिल्लो बदलिदो अबस्थामा बुढानिलकण्ठ क्षेत्र विकास समिति लगायतको बारेमा जानकारी गराएका थिए भने सदस्य सचिब कार्यकारी निर्देशक राजेन्द्र खड्काले स्वागत मन्तब्य राखेका थिए।


Published :८ भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media