
काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष र सचिव सहित दर्जनौं नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेको लर्ड्स पार्टी प्यालेसमा स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कमिटीका उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपाने सहित विभिन्न क्षेत्र तथा जनसंगठनका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्ष रोहित महर्जन,सचिव गृश्म महर्जन,उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा,राजकुमार महर्जन, विजय देवकोटा लगायत रहेका छन।
नेकपा एमालेका पोलिटब्युरो सदस्यहरु आनन्द पोखरेल, कृष्णराई र रामेश्वर फुँयाल सहितका नेताहरुको उपस्थिति रहेको सो पार्टी प्रवेश कार्यक्रममा बुढानिलकण्ठ नगर कमिटी उपाध्यक्ष बिष्णु भट्टराई,सचिव बिमल लामा, युवा संघका केन्द्रीय सदस्य रामशरण सापकोटा, बुढानिलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ,नेताहरु प्रमोद ढकाल,दान बहादुर खड्का सहित बुढानिलकण्ठका अधिकांश नेताहरु समेत नेकपा एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरि अनेमसंघका नेतृहरु पुष्पा खड्का,ममता ढकाल, युवा संघका नेताहरु आकाश श्रेष्ठ ,निरन्जन लामा रामराज गौतम,सन्तोष पौडेल ,दिपेस थापा मगर, राजन श्रेष्ठ ,साधुराम सापकोटा,नारायण आचार्य,मेघ कुमार न्यौपाने, काजी थापा लगायत नेकपा एमालेमा प्रवेश गरेको धुर्वराज न्यौपानेले जानकारी दिएका छन् ।
पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको र व्यक्तिवादी चरित्र हावी भएकाले आफूहरुले छलफल गरेरै नेकपा एस छाडेको सचिव न्यौपानेले बताएका छन् ।
