कपनमा बन्यो सर्बोच्चको निर्णय विरुद्व संघर्ष समिति

राष्ट्रपाटी न्युज

३० भाद्र २०८१

३० भदौ, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन भित्र बसोबास गर्ने खोला किनारका बासिन्दाहरुको बिशेष भेलाले हालै सर्बोच्च अदालतले नदि किनारको जमिनको मापदण्ड सम्बन्धी गरेको फैसलाप्रति असन्तुष्टि जनाउदै एक संघर्ष समिति गठन गरेको छ। उक्त फैसलाको पुनरावलोकनको माग गर्दै संघर्ष समिति गठन गरिएको वडाध्यक्ष नबराज भट्टराइले जानकारी दिएका छन्।

उक्त भेलाले टेक बहादुर लामाको संयोजकत्वमा संघर्ष समिति गठन गरेको बताइएको छ। उक्त समितिको उपसंयोजकमा सुदर्शन पौडेल ,सचिवमा राजन रिमाल तथा कोषाध्यक्षमा हुमा पन्त छनोट भएका छन्।


Published :३० भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media