इजरायली हवाई आक्रमणमा परी लेबनानमा २२ जनाको मृत्यु, ११७ घाइते

राष्ट्रपाटी न्युज

२५ आश्विन २०८१

बेरुत । इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल–नाबालाई लक्षित गरेको छ । यसमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ११७ जना घाइते भएका लेबनानको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिहीबार मध्यरातमा कुनै चेतावनीबिना नै गरिएको आक्रमणले राजधानीको मध्यभागस्थित दुई आवासीय भवनलाई निसाना बनाएको थियो ।

सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाहबाहिर यो तेस्रो इजरायली आक्रमण हो । यसअघिका आक्रमणले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो ।

प्रत्यक्षदर्शीले आवासीय ब्लकबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माइल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे ।

यसैबीच, चिकित्सा स्रोतले गाजापट्टीमा बिहीबार इजरायली हवाई आक्रमणमा ६३ जनाको मृत्यु भएको जनाएको छ । (रासस/एएनआई)


Published :२५ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media