सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media