२५.८८ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब १७ करोड

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ४.७५ प्रतिशत घटेको छ।


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media