७६ जिल्लामा डेंगु फैलियो, देशभर २२ हजार बढी संक्रमित, ११ को मृत्यु

राष्ट्रपाटी न्युज

६ कार्तिक २०८१

काठमाडौं । ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्यांकअनुसार हुम्लाबाहेक ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।

ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३ हजार ५९४, कास्कीमा ३ हजार १८८,तनहुँमा २ हजार २९५,पर्वतमा १ हजार ५८८,चितवनमा १ हजार २९,ललितपुरमा ९६८, बागलुङमा ८२१,गोरखामा ७७२,भक्तपुरमा ६२४,कैलालीमा ४०८ जनामा डेंगु संक्रमण भएको ईडिसिडीको तथ्यांकमा उल्लेख छ।

यसैगरी प्रदेशअन्तर्गत गण्डकीमा ९ हजार ५३१,बागमतीमा ७ हजार ७६८,कोशीमा १ हजार ६४६,लुम्बिनीमा १ हजार ३४८, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण देखिएको छ । कर्णालीमा ३०० र मधेश प्रदेशमा ४२४ जनामा डेंगु संक्रमण भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


Published :६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media