इजरायलद्वारा इरानमाथि आक्रमण

राष्ट्रपाटी न्युज

१० कार्तिक २०८१

जेरुसेलम । इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ । इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।

त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ ।

इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।

“इजरायली सुरक्षा बल (आईएएफ)को विमानले इरानले इजरायली राज्यमा प्रहार गरेको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरुमा प्रहार गरेको छ”, इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो ।

“त्यसैगरी आईडीएफले अतिरिक्त इरानी हवाई क्षमताहरू प्रहार गरेको छ”, सेनाले भन्यो, “यससँगै हाम्रो मिसन पूरा भएको छ ।”

सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि, इजरायलले गाजामा हमाससँग लडिरहेको छ, र गत महिनाको अन्त्यदेखि, यो लेबनानमा हिजबुल्लाहसँग युद्धमा रहेको छ ।

इजरायली सेनाले एक विज्ञप्तिमार्फत इरानबाट भइरहेको महिनौँको निरन्तर आक्रमणको प्रतिक्रार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटिक आक्रमण गरिरहेको बताएको छ ।

आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको छ ।

दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलोपटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो । (रासस/एएफपी)


Published :१० कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media