नेप्सेमा ९ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ७३ करोड

राष्ट्रपाटी न्युज

११ कार्तिक २०८१

काठमाडौँ । आइतबार नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल एसबिआई बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.७९ प्रतिशत घटेको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आईसीएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल एसबिआई बैंकको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १९ करोडको शेयर खरिदबिक्री भएको छ ।


Published :११ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media