आइसीसी विश्वकपमा स्कटल्याण्डमाथि नेपालको पाँच विकेटको जित

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०८१

काठमाडौं । आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ। टस जितेर सुरुमा बलिङ गरेको नेपालले पाएको १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा १२१ बल बाँकी हुँदा १५७ रन बनाउँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ४५ रन खर्चिएर तीन विकेट हात पारेका हुन्।करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई दुई विकेट हात पारे ।


Published :कार्तिक १४, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media