कोशीका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बित

राष्ट्रपाटी न्युज

२४ कार्तिक २०८१

काठमाडौं । जापान भ्रमणका विषयमा विवाद भएपछि कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एमाले) ले संगठित सदस्यबाट निलम्बन गरेको छ ।

एमाले कोशी प्रदेश कमिटीले उनलाई आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि अधिकारी वैदेशिक भ्रमणका लागि जापान गएका थिए ।

उनले आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनीमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।


Published :२४ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media