
काठमाडौं। नेसनल प्याब्सन बूनपाले ट्राफिक सम्बन्धी तालिम आयोजना गरेको छ ।
पिक प्वाईन्ट एकेडेमीमा सम्पन्न भएको उक्त कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कपनका ईन्चार्ज सन्तोष खत्री सहजकर्ताको रुपमा उपस्थित थिए भने विभिन्न विद्यालयका सवारीचालक र सहचालकहरुको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेको थियो ।
संगठनका कोषाध्यक्ष ईश्वर केसीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष तेन्जिङ भोटियाले कार्यक्रम आयोजना गर्नुको औचित्य बारे प्रकाश पारेका थिए ।
