चितवनमा पनि रविविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रपाटी न्युज

मंसिर ७, २०८१

काठमाडौं । सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध उनकै गृहजिल्ला चितवनमा बुधबार सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि शुक्रबार पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी लक्ष्मण केसीले रविसहित १० जनाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जानकारी दिएका छन् ।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।


Published :मंसिर ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media