लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित

राष्ट्रपाटी न्युज

मंसिर ११, २०८१

काठमाडौं । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसमेतको मानहानी गरेको आरोपमा चौधरीलाई निलम्बन गरिएको हो ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले पत्र जारी गर्दै निलम्बन सम्बन्धमा दुर्गा चौधरीलाई जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसायका अध्यक्ष ओली, महासचिव पोखरेलसमेतको मानहानी हुने गरी सार्वजनिकरुपमा गाली गलौज गर्ने, समाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्नेजस्ता गतिविधि गरेको पत्रमा उल्लेख छ ।

स्पष्टीकरण सोध्दा पनि सांसद चौधरीले आफ्ना कमीकम्जोरी प्रति महशुशीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्धमा लिखित जवाफ दिएको बताइएको छ ।

चौधरी बाँके १ (ख) बाट निर्वाचित सांसद हुन् ।

माओवादीबाट एमाले प्रवेश गरेका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए ।


Published :मंसिर ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media