तेह्रथुमको लालिगुँरास–८ मा कांग्रेसका नगेन्द्र लिम्बू विजयी

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८१

तेह्रथुम । तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बू निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ४४० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिए ।

लिम्बूका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बूले ३६० मत प्राप्त गरे ।

विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बूको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।


Published :मंसिर १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media