झापाको कनकाई-६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली विजयी

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८१

झापा । झापाको कनकाई नगपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् ।


Published :मंसिर १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media