विराटनगर । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका नेकपा एमालेका रेवतीरमण भण्डारीले शपथ लिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमा नियुक्त गरेसँगै उनलाई कोशी प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
सुनसरी निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भण्डारी यस अघि संविधान सभा सदस्य समेत थिए ।
नेकपा एमालेको भागमा परेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीमा रहेका लीलावल्लभ अधिकारी जापान जाने विषयमा विवादित भएपछि राजीनामा दिएका थिए ।