
बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाले यो बर्ष संस्थागत बिधालयहरुको अनुगमन तत्काल शुरु गर्ने भएको छ। यहि २०८१ सालको पौष महिना देखि नै अनुगमन एबम निरीक्षण प्रक्रिया शुरु गर्ने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले घोषणा गरेका छन्।
आज जनउद्दार माध्यमिक बिधालय बुढानिलकण्ठ-१३ द्वारा आयोजित अन्तर बिधालय वक्तृत्वकला प्रतियोगिताको बिशेष अबसरमा बोल्दै नगर प्रमुख अधिकारीले अघिल्लो बर्ष शैक्षिक सत्रको अन्त्यतिर ढिलो गरि अनुगमन गर्दा संस्थागत बिधालयहरुलाइ असर परेको गुनासो आएपछि यो बर्ष छिटै अनुगमनको प्रक्रिया शुरु गर्न लागिएको उनको भनाइ छ ।
गत बर्ष संस्थागत बिधालयहरुको अनुगमनको क्रममा बिभिन्न बिधालयमा शिलबन्दी समेत गर्नुपरेको थियो भने संस्थागत बिधालयहरु र नगरपालिका शिक्षा महाशाखा बीच बिबाद समेत उत्पन्न हुन पुगेको थियो ।