जनउद्धार माविमा अन्तर विद्यालयस्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

राष्ट्रपाटी न्युज

मंसिर २४, २०८१

काठमाडौं।बुढानिलकण्ठ नगरपालिका अन्तर विद्यालयस्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। बुढानीलकण्ठ – १३ स्थित जनउद्धार माविमा आयोजित उक्त प्रतियोगितामा आधारभूत तह (कक्षा ६-८) र मावि तह (कक्षा ९-१०) गरि दुइ समुहमा प्रतिष्पर्धा गराइएको थियो। गत मङ्सिर २० र २१ गते बिहिबार र शुक्रबार जनउद्धार माविको प्रांगणमा आयोजित कार्यक्रम भव्य र शभ्य रुपमा सम्पन्न भएको विधालयका प्रधानाध्यापक हरेराम खत्रीले जानकारी दिएका छन्।

उक्त दुइ दिने कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी , शिक्षा महाशाखा प्रमुख ललित बिक्रम सिंह , बुढानीलकण्ठ – १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ , सामाजिक बिकास समिति संयोजक शान्ता ढकाल, बिभिन्न वडाका वडाध्यक्षहरु, बिभिन्न विधालयका प्रधानाध्यापकहरु , बिभिन्न विधालयका शिक्षक एबम बिधार्थिहरुको उपश्थिति रहेको थियो।

उक्त अन्तर विद्यालयस्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा मावि तह तर्फ जनउद्धार मावि प्रथम ,गणेश मावि द्वितीय र बाल उद्वार माविले तृतीय स्थान प्राप्त गरेका थिए भने आधारभूत तह तर्फ खड्ग भद्रकाली प्रथम, गणेश माबि द्वितीय र बालकुमारी मावि तृतीय हुन सफल भएको आयोजकले जानकारी दिएको छ।

उक्त प्रतियोगिताका बिजेता बिधार्थी एवं बिधालयहरुलाइ नगद पुरस्कार सहित मेडल एवं प्रमाण पत्र समेत वितरण गरिएको प्रधानाध्यापक खत्रीले जानकारी दिएका छन्।


Published :मंसिर २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media