काठमाडौं। नेसनल प्याब्सन बुढानिलकण्ठले SEE Pre Qualifying Exam शुरु गरेको छ। २५ वटा विधालयका ६०० भन्दा धेरै बिधार्थी सहभागी रहेको उक्त परीक्षा तीनवटा बिधालयमा केन्द्र रहने गरि संचालन गरिएको नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष तेञ्जिङ्ग भुटियाले जानकारी दिएका छन्।
उक्त परिक्षाको संचालनका लागि संयोजकको रुपमा गोविन्द धामी र सह संयोजकको रुपमा विजय न्यौपानेलाइ तोकिएको र परिक्षा अत्यन्त व्यबस्थित र उत्कृष्ट ढंगले संचालन भएको भन्दै अध्यक्ष भुटियाले प्रशंसा समेत गरेका छन्।