बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाले संचालन गरेको रमाइलो शुक्रवार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। बुढानिलकण्ठ नगरपालिकामा रहेका १९ वटा सामुदायिक विधालय सहित संस्थागत विधालयहरुमा समेत यो कार्यक्रम प्रभावकारी तथा व्याबाहरिक बन्न पुगेको बुढानिलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहले जानकारी दिएका छन्।
विधालयमा विधार्थीहरुले पाठ्यपुस्तकमा मात्र ध्यान दिने तर अन्य विषयहरुमा भने कम महत्व पाउने राष्ट्रिय समस्यालाई सम्बोधन गर्न महाशाखाले रमाइलो शुक्रवार कार्यक्रम संचालन गरेको बताइएको छ।
विधार्थीहरुभित्र अन्तर्निहित बिबिध प्रतिभाहरुलाई प्रस्फुटन गर्न र उनीहरुको क्षमता पहिचान गरि उक्त क्षमतालाइ मलजल गरि सफल भविष्य निर्माण गर्ने अभिलाषा सहित यो कार्यक्रम संचालन गरिएको महाशाखाले जनाएको छ।
यस कार्यक्रमको प्रभावकारिता र संचालनको अनुगमन नगर निरन्तर रुपमा भैरहेको र भविष्यमा समेत निरन्तरता दिईने बताइएको छ।
रमाइलो शुक्रवार कार्यक्रमलाइ सफल र जीवनोपयोगी बनाउन सम्पूर्ण रुपमा योगदान पुर्याउन बुढानिलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण बिधालयहरुलाई महाशाखाले अनुरोध समेत गरेको छ।
यस कार्यक्रमका बिभिन्न प्रस्तुति तथा समाचारजन्य सामाग्रीहरुलाई बिभिन्न मिडिया तथा सामाजिक संजाल मार्फत सार्वजनिक समेत गरिने महाशाखाले जनाएको छ।