बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका स्तरीय “पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१” संचालन भैरहेको छ।
सामुदायिक र संस्थागत ४८ वटा माध्यमिक विद्यालयहरू सहभागी भएका यस प्रतियोगिताको पौष १४ गते नगर प्रमुख मिठाराम अधिकारीले एक औपचारिक कार्यक्रम मार्फत उद्घाटन गरेका थिए । प्रतियोगिताको खेलहरु वडा नं. १० को कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान र गल्फुटार स्थित फुटबल मैदानमा सञ्चालन भईरहेको छ । प्रतियोगिता भोलि १६ गतेसम्म संचालन हुने बताइएको छ।
बुढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा भईरहेको प्रतियोगितामा भलिबल (छात्र तथा छात्रा), कबड्डी (छात्र तथा छात्रा), ट्रयाक दौड र रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो , मार्सल आर्ट लगायत तेक्वान्दो जस्ता खेलहरु समावेश छन् । जसअन्तर्गत १३९६ जना खेलाडिहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाएका छन् ।
खेलहरु सञ्चालन गर्नकालागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षक तथा रेफ्रीहरुले सहकार्य गरिरहेका आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ठ बिद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै दोस्रो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।