जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने ट्रम्पको आदेशमा अदालतको रोक

काठमाडौँ ।  जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रोक लगाएको छ ।

अदालतले ट्रम्पको आदेश पूर्ण रुपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिको जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेपछि त्यस विरुद्ध २२ वटा राज्य अदालत पुगेका थिए ।

यसैबीच ट्रम्पले आप्रवासन कारबाही अन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन् । सीमामा दश हजार सैनिक तैनाथ गर्ने तयारी उनको छ । (एजेन्सी)


Published :माघ ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media