काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको ज्ञान प्रकाश एकेडेमीमा खेलकुद सप्ताह शुरु भएको छ।आज एक बिशेष समारोहबीच कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले उक्त कार्यक्रमको उद्घाटन गरेका छन्।
ज्ञान प्रकाश एकेडेमीका अध्यक्ष खेम प्रसाद मिश्रको अध्यक्षता र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न आकर्षक प्रस्तुतिहरु दिएका थिए।
उक्त उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकी ,बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल, वडा नं ११ का सदस्य राजेन्द्र अधिकारी,वडा सदस्य समर गुरुङ.,संस्थापक प्राचार्य सन्तोष लुइटेल,विधालयका प्रिन्सिपल मुरारी चालिसे , संचालक कविता मिश्र , संचालक शर्मिला पण्डित ,संचालक दावा शेर्पा , नेकपा एमालेका नेता सिताराम गुरुङ ,नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (ख ) का सचिव मनोज सिग्देल सहित सयौं अभिभावक शिक्षक तथा बिधार्थिहरुको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बिधार्थीहरुले विभिन्न आकर्षक प्रस्तुतिहरु दिएका थिए भने अभिभावक केन्द्रित बिभिन्न मनोरन्जनात्मक प्रतिश्पर्धाहरु संचालन गरिएको थियो।
खेलकुद सप्ताह भरि बिधार्थीहरुले दर्जनौं खेलहरुमा प्रतिष्पर्धा गर्ने छन् भने बिजेता खेलाडीहरुलाइ बिधालयले आगामी बालदिवसको दिन पुरस्कार सहित मेडल तथा शिल्ड प्रदान गर्ने बिधालयले जानकारी दिएको छ।