बालउद्धार माविमा विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा-आराधना

काठमाडौँ । बाल उद्धार माध्यमिक विद्यालयमा विधाकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सो विद्यालयमा श्रीपञ्चमीका अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा-आराधना सम्पन्न गरिएको हो ।

विद्यालयका पूर्व प्रधानाध्यापक होमप्रसाद वाग्लेले मूल पुजारीका रुपमा रहेर विभिन्न मन्त्रोच्चारण गरी विद्यालय प्रांगणमा आयोजित पूजा कार्यक्रममा विद्याकी खानी सरस्वती माताको मूर्तिको प्राण-प्रतिष्ठा गरेका थिए । साथै सो अवसरमा विद्यालयका संगीत शिक्षक कौशलकुमार अर्यालको संयोजकत्वमा माता सरस्वतीसँग सम्बद्ध विभिन्न भजनहरु प्रस्तुत गरिएको थियो ।

सो पूजा कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद पण्डित, सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, शिक्षक प्रतिनिधि सन्तोष लुईटेल, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, परीक्षा संयोजक वामदेव भट्ट, माध्यमिक तह इन्चार्ज नारायण भट्टराई, निमावि तह इन्चार्ज नगेन्द्र खरेल, बालविकास तह इन्चार्ज रमलादेवी शर्मालगायतका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।


Published :२१ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media