पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

राष्ट्रपाटी न्युज

३ फाल्गुन २०८१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ ।

आज राति १२ बजेदेखि लागू हुने नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ ।

त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहेका छन् ।

दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायलका डिपो रहेका छन् ।

 


Published :३ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media